राजनीतिक विश्लेषक भरत दाहाल बेलबारीबाट पक्राउ

खबर बुक
  • ख-
  • ख+

विराटनगर । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । उनलाई मोरङको बेलबारीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई नियन्त्रणमा लिइएको बताए ।

उनले भने, ‘साइबर ब्युरोको अनुरोधमा पक्राउ गरेका हौँ । आवश्यक कारबाहीका लागि ब्युरोलाई जिम्मा लगाइने छ ।’

उनकाविरुद्ध ब्यूरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्