प्रिन्स ह्यारी र मेघन मार्कलले यस कारण शाही परिवारसँग क्रिसमस बिताउने बिताउने छैनन्

खबर बुक
  • ख-
  • ख+

लन्डन, १९ कात्तिक।।बेलायती राजकुमार ह्यारी र उनकी पत्नी  मेघन मर्केल शाही परिवारका सदस्यहरूसँग क्रिसमसमा उपस्थित नहुने सम्भावना रहेको जनाइएको । प्रिन्स ह्यारीको संस्मरणात्मक पुस्तक स्पेयरको विवरणहरू सार्वजनिक भइरहेका बेला उनी क्रिसमसमा उपस्थित नहुने संकेत गरेका हुन् ।

उनको संस्मरणात्मक पुस्तक स्पेयर सन् २०२३ को १० जनवरीमा प्रकाशित हुनेछ । रिपोर्टअनुसार शाही परिवार र प्रिन्स ह्यारीबीचको सम्बन्धमा तिक्ता आएको छ र उनले आफ्नो पुस्तक विमोचनअघि शाही परिवारसँग क्रिसमस सँगै मनाउने छैनन् ।

ह्यारीको पुस्तक एक संवेदनशील समयमा सार्वजनिक हुँदैछ । ह्यारी अहिले क्यालिफोर्नियामा आफ्नी पत्नी मेघन मार्कलसँग बस्छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्