बंगलादेशमा कार्यालय समय ९ बजेदेखि सुरु हुने

खबर बुक
  • ख-
  • ख+

ढाका—बंगलादेशमा सरकारी कार्यालयको समय परिवर्तन गरेको छ । सरकारले विद्युत् अभावका कारण यसअघि कार्यलय समय ८ बजेदेखि सञ्चालन गरेकोमा अब ९ बजेदेखि सुरु हुने भएको हो ।

सरकारी कार्यालय र स्वायत्त संस्था बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म हुँदै आएकोमा अब बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुने जनाइएको छ ।

प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । नयाँ नियम दुई सातापछि लागू हुनेछ ।

तर, अदालत, बैंक विद्यालय तथा कलेज प्रशासनले आ–आफ्नो तालिका तय गर्नसक्ने सरकारले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्