पिएम कपः लगातार दोस्रो जितको दाउमा पुलिस

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १४ कात्तिक ।।प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज (सोमबार) दुई खेलहरु हुँदैछन् ।

कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दुबै टोलीको प्रतियोगितामा पहिलो खेल हो ।

यस्तै, मुलपानी क्रिकेट मैदानमा विभागीय टोली नेपाल पुलिस क्लब र प्रदेश एकबीच प्रतिस्पर्धा हुनेछ । पुलिस प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहलो खेलमा पुलिसले बागमती प्रदेशलाई १ सय ९२ रनले पराजित गरेको थियो । दुबै खेल विहान सवा ९ बजे सुरु हुनेछ ।

समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश छन् । समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेका छन् । दश टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख प्राप्त गर्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्