बेलायती सभामुख र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

खबर बुक
  • ख-
  • ख+

लन्डन, ९ कात्तिक।।बेलायत भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संयुक्त अधिराज्य (यूके)का हाउस अफ कमन्सका सभामुख सर लिण्ड्से होयलसँग बेलायती संसद भवनमा भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा उनीहरुबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषयहरु विशेषगरी दुई देशका संसद भ्रमण तथा अनुभव आदानप्रदान र भूपू गोर्खासम्बन्धी विषयमा विचार आदानप्रदान भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

भेटमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना एवं राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल सहभागी थिए ।

यसै सिलसिलामा अध्यक्ष तिमिल्सिना २४ अक्टोबर २०२२ मा बेलायतको संसदमा रहेको बेलायत(नेपाल मैत्री समूहका अध्यक्ष वीरेन्द्र शर्माले आयोजना गरेको दिवाभोजमा सहभागी भए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्