कांग्रेसले घोषणा पत्र सोमबार बिहान सार्वजनिक गर्ने

न्युज कारखाना
  • ख-
  • ख+

ठमाडौं, ६ कार्तिक

नेपाली कांग्रेसले चुनावी घोषणा पत्र सार्वजनिक गर्ने समय सारेको छ । आज अपरान्ह ५ बजे घोषणा पत्र सार्वजनिक गर्ने तयारी भए पनि मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना निकालेर सोमबार बिहान १०:३० बजे मात्रै घोषणा पत्र सार्वजनिक गरिने बताएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको कार्यव्यस्तताका कारण घोषणा पत्र सार्वजनिक गर्ने समय सरेको बताइएको छ ।

प्रधानमन्त्री देउवा सत्ता गठबन्धनको चुनावी सभाका लागि सुर्खेत गएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्