काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद यज्ञमणि न्यौपाने र नेकपा (एमाले) सांसद गुरु बरालबीच प्रतिनिधिसभाको बैठकमा न्यायपालिका पुनर्संरचनाको विषयलाई लिएर चर्काचर्की भएको छ।
बैठकमा बोल्दै सांसद न्यौपानेले अराजक र स्वतन्त्र न्यायपालिकाको नाममा हुने गतिविधि सह्य नहुने भन्दै न्यायपालिका पुनर्संरचना आजको आवश्यकता भएको बताए।
उनले न्यायालयका फैसला र न्याय सम्पादनको विषयमा संसद्ले हस्तक्षेप गर्न नहुने भए पनि न्यायालयको संरचना र न्यायाधीशहरूको व्यक्तिगत आचरण तथा जिम्मेवारीबारे संसद्मा छलफल हुन सक्ने दाबी गरे।
‘७ सालको क्रान्तिदेखि आजसम्म न्यायालय परिवर्तन हुन सकेन। अदालतले गरेका फैसलाका सन्दर्भमा प्रश्न उठाउन नसकिने भए पनि न्यायालय पुनर्संरचनाको विषय र न्यायाधीशहरूको व्यक्तिगत विषय संसद्को विषय हुन्छ,’ उनले भने।
जनयुद्धका मुद्दा लामो समयसम्म अड्काएर राखिएको विषय उठाउँदै न्यौपानेले त्यस्ता मुद्दा टुंग्याउनुपर्छ भन्नु न्यायालयमाथिको हस्तक्षेप नहुने बताए।
गरिबले न्याय पाउन नसकेको विषय उठाउनु तथा न्याय प्रणालीमा सुधारको माग गर्नु संविधानको व्यवस्थाविपरीत नहुने उनको भनाइ थियो।
उनले राज्यले दुईतिहाइ नजिकको सरकार पाए पनि अकुत सम्पत्ति आर्जन गर्नेहरूको सम्पत्ति छानबिन गर्न नसकेको, भ्रष्टाचारका फाइल अघि बढाउँदा अदालतबाट अवरोध हुने गरेको लगायतका विषय उठाए।
जेनजी आन्दोलनका घटनामा अनुसन्धान, अकुत सम्पत्तिको छानबिन तथा भ्रष्टाचारका मुद्दामा राज्य कमजोर देखिएको भन्दै उनले सुशासनका लागि न्याय प्रणालीमा समेत सुधार आवश्यक रहेको बताए।
न्यौपानेले पछिल्ला घटनाक्रमले न्यायालयले परिवर्तनलाई आत्मसात् गर्न नसकेको महसुस भएको बताए। उनले विगतमा पनि राजनीतिक परिवर्तनलाई न्यायालयले स्वीकार गर्न नसकेको दाबी गर्दै न्याय प्रणाली नसुधारे त्यस










