भ्रष्टाचार छानविनका नाममा आफ्नो मान्छेलाई जोगाउने काम भयो : रवि लामिछाने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन ६ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार छानविनका नाममा आफ्नो मान्छेलाई जोगाउने काम भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा लामिछानेले ललिता निवास, भुटानी शरणार्थी प्रकरणको छानविनमा आफ्नो मान्छेलाई जोगाउने काम भएको बताउनुभएको हो । उहाले निर्दोष व्यक्तिविरुद्ध भने उजुरी मागेर फसाउने तर वरपरका मान्छेलाई नछुने काम भएको जिकिर गर्नुभयो । उहाले नेपाली जनताले भोग्नुपरेको पीडा कसैको सत्ता टिकाउनका लागि आधार बन्न नहुने धारणा राख्नुभयो । सरकारले भ्रष्टाचारको फाइल खोल्ने भए रास्वपाका मान्छेहरुको फाइल खोल्न उहाले चूनौति दिनुभयो ।

त्यस्तै सभापति लामिछानेले बालकुमारी घटनामा सरकारी आयोगले दोषी ठहर गरेका व्यक्तिलाई कारवाही गर्न माग गर्नुभयो । बालकुमारी घटना सामान्य नभएको भन्दै उहाले प्रतिवेदनले दिएका निष्कर्षलाई सरकारले कसरी कार्यान्वयन गर्छ भनेर रास्वपाले हेरिरहेको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्