काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशन सम्पन्न गर्न विभिन्न समितिहरू गठन गरेको छ । केन्द्रीय कार्यसमिति बैठकले यसअघि तय भएको महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न समितिहरू गठन गर्ने निर्णय गरेको हो ।
बैठकले सभापति गगनकुमार थापाको संयोजकत्वमा १५औँ महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए । समितिमा आवश्यकताअनुसार अन्य सदस्यहरू रहनेछन् ।
महाधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न मूल समितिले आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्यलगायत विभिन्न उपसमितिसमेत गठन गर्ने निर्णय गरेको छ ।
उपसमितिमा रहने संयोजक तथा सदस्यहरूको नामावली पछि सार्वजनिक गरिने नेपाली कांग्रेसले जनाएको छ ।










