के कारणले आउँछ गिजाबाट रगत ? कसरी गर्ने त उपचार

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ १७ । के तपाईंलाई ब्रस गर्दा वा खाना खाँदा गिजाबाट रगत आउने समस्या छरु यदि छ भने ढिलो नगरी डाक्टरको सल्लाह लिनुहोस् । किनभने यस्तो समस्या शरीरमा कुनै ठूलै रोगको संकेत हुन सक्छ ।

के कारणले आउँछ गिजाबाट रगत?

औषधिको साइड इफेक्ट
कुनै बेला कुनै कडा औषधिको साइड इफेक्टको कारणले गिजाबाट रगत आउने गर्छ। जस्तैः एस्पिरिन नामको औषधिको साइड इफेक्टले गर्दा यस्तो समस्या हुन्छ।

गर्भावस्था या महिनावारीको हार्मोनल बदलिँदा
गर्भवती र महिनावारी भएका महिलामा गिजाबाट रगत आउने समस्या धेरै देखिन्छ। यसमा हार्मोनल बदलीको समयमा गिजामा सही तरिकाले रगत नपुग्दा गिजा कमजोर हुने र रगत आउने गर्छ।

भिटामिन ‘सी’ को कमी
जब कोही व्यक्तिको आहारमा पर्याप्त फलफूल र तरकारी हुँदैन त्यसको कारणले भिटामिन सीको कमी हुन्छ। भिटामिन सीको कमीले गिजा सुन्निने र रगत आउने समस्या आउने गर्छ।

भिटामिन ‘के’ को कमी
भिटामिन ‘के’ शरीरको क्लोटिङ प्रक्रियाको लागि एकदम महत्वपूर्ण तत्व हो। त्यसैले यसको कमीले शरीरको कुनै ठाउँबाट रगत आउने प्रवृत्ति बढ्छ, जसमा गिजा पनि समावेश हुन्छ।

गिजाबाट रगत आउन कसरी रोक्ने ?

गिजाबाट रगत आउन कसरी रोक्ने?
डेन्टिस्टलाई देखाउने
मुखको रेखदेखमा ध्यान पुर्‍याउँदा, औषधिको ठिक प्रयोग गर्दा र स्वस्थ आहार खाँदा पनि गिजाबाट रगत आउन बन्द नभएमा डेन्टिस्टलाई देखाउन जरुरी हुन्छ। डेन्टिस्टले दाँत र गिजाको जाँच गर्नुका साथै त्यसको रोकथाम र उपचार गर्ने हुँदा जँचाउन ढिला गर्नु हुँदैन।

टुथ ब्रसको जाँच गरौं
ब्रस गर्दा गिजाबाट रगत आउने समस्या छ भने, नरम टुथ ब्रसको प्रयोग गर्नुपर्छ।

औषधिको बारेमा डाक्टरसँग सोध्ने
कुनै औषधि यस्तो हुन्छ जसले गिजाबाट रगत आउने सम्भावना बढाइदिन्छ। जस्तै ‘एस्पिरिन’ जस्तो औषधिले रगत पातलो बनाउने हँुदा डाक्टरले औषधि परिवर्तन गरिदिन्छन्।

पोषणयुक्त खानेकुरा खाने
पोषणयुक्त खाना खाने। जसमा पर्याप्त मात्रामा भिटामिन सी र क्याल्सियम समावेश होस्। यसले गिजामा हुने समस्यालाई कम गर्छ।

अन्य
पर्याप्त मात्रामा पानी पिउने, धूमपान नगर्ने, मानसिक तनाव नलिने, अत्यन्तै चिसो र तातो खानेकुरा नखाने जस्ता कुरामा ध्यान दिनु अत्यन्त जरुरी छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्