कोरम नपुगेका कारण अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक प्रभावित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १२ माघ ।  कोरम नपुगेका कारण प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक प्रभावित भएको छ ।

अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्न सिंहदरबारमा शुक्रबार बोलाइएको बैठकमा कोरम नपुग्दा बैठक प्रभावित भएको हो । त्यस्तै बैठकमा पर्यटनमन्त्री सुदन किराती पनि उपस्थीत नभएपछि समिति सदस्यहरुले बैठक स्थगीत गर्न सुझाव दिएका थिए ।

समिति सभापति राजकिशोर यादवले कोरम नपुगेपनि विधेयकका बिषयमा छलफल अघि बढाउन आग्रह गर्नुभएको थियो तर संशोधनकर्ता सांसद रघुजी पन्तले सम्बन्धीत मन्त्री उपस्थीत नभएको अवस्थामा बैठक अघि बढाउन नहुने बताउनुभयो । उहाले महत्वपूर्ण विधेयकमा छलफल हुदा सवै गम्भीर हुनुपर्ने बताउनुभयो ।

त्यस्तै पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले पनि सवै पक्षको उपस्थीतिमा मात्रै छलफल अघि बढाउन उचित हुने बताउनुभयो

सांसदहरुको सुझावपछि सभापति यादवले प्राविधिक कारण देखाउदै बैठक स्थगीत गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्