काँग्रेस नेतृत्वमा भएको आन्दोलनले राजनीतिक व्यवस्था मात्र नभई अवस्था पनि फेरियाेः नेता सिंह

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १२ माघ ।  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले २०४६ सालपछि राजनीति व्यवस्था मात्र होइन अवस्थामा पनि परिवर्तन आएको बताउनुभएकाे छ ।

काँग्रेस स्थापना दिवसका अवसरमा  बाग्मती प्रदेश काँग्रेसले आज हेटौँडामा आयोजना गरेकाे कार्यक्रममा बोल्दै नेता सिंहले काँग्रेसको नेतृत्वमा भएको आन्दोलनले राजनीतिक व्यवस्था मात्र नभई अवस्थामा पनि परिवर्तन ल्याएको बताउनुभयाे । उहाले केही भएन भन्ने हावाको पछि नलाग्न पनि आग्रह गर्नुभयाे । 

अहिले राजनीतिक व्यवस्था बदलियो अवस्थामा केही भएन भन्ने भाष्य स्थापित गर्न खोजिएको भन्दै त्यसको खण्डन गर्नुभएकाे छ ।

त्यस्तै उहाले असहज अवस्थामा मिलेका दलहरूबिचको एकता थप बलियो बनाउनुपर्नेमा पनि जोड दिनुभयाे । काँग्रेस उम्मेदवारलाई जिताउन मतदान गर्ने सबैलाई बधाई दिँदै सिंहले विजेताहरूलाई कार्यकाल सफलताको शुभकामना पनि दिनुभयाे । 

उहाले अरू दलले गर्न नसकेको काम काँग्रेस नेतृत्वमा भएको स्मरण गर्दै अब पनि काँग्रेसले नै समृद्धिको अभियानको नेतृत्व गर्नुपर्नेमा सिंहको जोड थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्