मेरो खातामा १ करोड ८० लाख जम्मा भएको छैन : रवि लामिछाने

खबर बुक
  • ख-
  • ख+

काठमाडाैं, ८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो खातामा एक करोड ८० लाख जम्मा नै नभएको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सभापति लामिछानले सञ्चारमाध्यममा छापिएजस्तो आफ्नो खातामा उक्त रकम जम्मा नै नभएको बताउनुभएको हो ।

उहाले आफ्नो खातामा कसैले एक करोड ८० लाख रुपैयाको चेक जम्मा गरेको र पछि जम्मा गर्ने संस्थाको खातामा पैसा नभएर चेक फिर्ता भएको उल्लेख गर्नुभयो । उहाले आफ्नो बद्नामी गर्न केहि व्यक्तिहरु निरन्तर लागिपरेको गुनासो गर्नुभयो । उहाले बैंकको खाता सम्पत्ति सुद्धीकरण, प्रहरीले हेर्न मिल्ने भन्दै उक्त रकम जम्मा भएको भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताउनुभयो ।

उहाले सहकारी पिडितको पक्षमा सदैव आफ्नो पार्टी लडिरहने जिकिर गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्