काठमाण्डाै, पुस ५ । श्रीलंकाका विदेशमन्त्री अली साब्री र परराष्ट्रमन्त्री नारायणप्रकाश साउदबीच बिभिन्न बिषयमा छलफल भएको छ ।
बिहीबार काठमाडौंमा भएको भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्ध, व्यापार, लगानी लगाएतका बिषयमा छलफल भएको परराष्ट्रमन्त्री साउदले जानकारी दिनुभयो ।
उहाले द्विपक्षीय सम्बन्धहरूको पुनरावलोकन गर्ने बिषयमा गम्भीर छलफल भएको, सार्क र बिमस्टेकलाई आउँदा दिनमा बलियो बनाउँदै लैजाने र सबै राष्ट्रका बीचमा सहमति बनाएर अघि बढ्ने बारेमा पनि कुरा भएको उहाले बताउनुभयो । संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षिय फोरमहरुलाई दुवै राष्ट्रले परस्पर मिलेर सहकार्य गर्ने विषयमा छलफल भएको उहाले जानकारी दिनुभयो ।
मन्त्री साउदले आपसी समझदारी र स्वार्थका क्षेत्र पहिल्याएर त्यसमा सहकार्य गर्ने बारेमा पनि छलफल भएको जिकिर गर्नुभयो ।
त्यस्तै श्रीलंकाका विदेशमन्त्री अली साब्रीले दुईदेशबीच धैरै बिषयमा समानता रहेको भन्दै सहयोगको आदानप्रदानलाई प्राथमिकतामा राखिने बताउनुभयो ।
उहाले दुईदेशको सम्बन्धलाई थप प्रगाढ बनाउन शिक्षा, व्यापार, पर्यटन लगाएतका बिषयम लामो समय सहकार्य गर्दै लैजाने जिकिर गर्नुभयो ।
उहाले नेपालमा श्रीलंकाबाट लगानी गर्ने र नेपालबाट धेरै पर्यटकहरु श्रीलंकामा भित्राउने गरि सम्बन्धलाई अघि बढाउने धारणा राख्नुभयो ।













