मध्यपहाडी यात्रामा जनताले भव्य रुपमा साथ दिएको एमालेकाे निष्कर्ष

खबर बुक
  • ख-
  • ख+

काठमाण्डाै, पुस ५ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले  सञ्चालन गरेको मध्यपहाडी यात्रामा जनताले भव्य रुपमा साथ दिएको निष्कर्ष निकालेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार भएको सचिवालयको अनौपचारिक बैठकमा नेताहरुले एमालेको यात्रालाई अभूतपूर्व रुपमा साथ दिएर अपनत्व लिएको बताएका छन्। 

अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीको अनौपचारिक बैठकले यात्रामा साथ दिने सम्पूर्ण  नेता, कार्यकर्ता, शुभचिन्त्कहरुलाई धन्यवाद ज्ञापन गरेको एमाले प्रचार तथा प्रकाशन विभागका सदस्य राजेन्द्र गौतमले जानकारी दिए। 

गौतमका अनुसार आज मध्यपहाडी यात्राको समिक्षासहित पत्रकार सम्मेलन मार्फत गरिने भनिएको कार्यक्रम आठ गतेका लागि सारिएको छ।  लामो यात्राको प्रतिवेदन लेखन, अन्य कार्यक्रमहरुको तयारीमा केही समय लाग्ने भएकोले कार्यक्रम आठ गतेलाई सारिएको गौतमको भनाइ छ। उनका अनुसार विशेष पत्रकार सम्मेलन दिउँसो  दिउसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुनेछ। 

यात्राबाट एमालेले पत्ता लगाएका मध्यपहाडका समस्या र समाधानका उपायका बारेमा जानकारी गराइने गौतमको भनाइ छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्