अहिलेको सरकारको विरोध गर्नुभनेको व्यवस्थाको बिरोध गर्नु हो -मन्त्री किराँती

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, पुष ४ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अहिलेको सरकारको विरोध गर्नुभनेको व्यवस्थाको बिरोध गर्नु भएको बताउनुभएको छ ।

उपत्यकाव्यापी संयुक्त बृहत ख्रीष्टमस महोत्सवलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री किरातीले अहिले सरकारमाथि भइरहेको आक्रमण गणतन्त्रसहित परिवर्तनमाथिको आक्रमण भएको बताउनुभएको हो । उहाले परिवर्तनगामी शक्तिहरुको एकताले नै मुलुकको परिवर्तन थप बलियो हुने धारणा राख्नुभयो ।

उहाले मिलेर संविधान बनाएकाले गरिवीको अन्त्यका लागि पनि मिलेर नै अघि बढ्नुपर्ने जिकिर गर्नुभयो । अरुलाई विरोध गरेर आफु सावित हुने काम नयाँ भनिएकाहरुले गरेकाले एजेण्डामार्फत मुद्धा स्थापीत गर्न सक्नुपर्ने उहाले बताउनुभयो ।

मन्त्री किरातीले एउटा जाती एउटै भेष भन्दै राजतन्त्रका बेला अरु धर्महरुलाई पेल्ने काम भएको र अहिले मुलुकमा गणतन्त्र आएपछि सवै धर्म जात बराबर भएको धारणा राख्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्