काठमाडौं, पुष ४ । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता नामावली स्वीकृत भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले मतदाता नामावली स्वीकृत गरेको हो ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयर मतदाता हुने कानूनी व्यवस्था छ । सोही व्यवस्थाबमोजिम प्रदेशसभा सदस्य ५४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयर १ हजार ४९८ जना गरी जम्मा २ हजार ४७ जनाको मतदाता नामावली स्वीकृत भएको आयोगका प्रवक्ता सहसचिव शालिग्राम पौडेलले जानकारी दिनुभयो ।
उनका अनुसार स्वीकृत नामावलीमा प्रदेशसभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका एक जनाको नाम हटाइ ५४९ जना कायम गरिएको छ ।










