मधेश प्रदेशमा लागुऔषध अपराध भयाबह, महाेत्तरी पछि पर्सामा बढी अपराध

खबर बुक
  • ख-
  • ख+

महोत्तरी, ३० मंसिर ।  महोत्तरी बर्दिवासका युवराज फुयालको जिन्दगी काठमाण्डौ बसुन्जेल राम्रै चलेको थियो । २०६५ सालमा अङ्ग्रेजी विषयमा मास्टर डिग्री सकाए पछी उनी बर्दिवास फर्किए । बर्दिवासमा पुराना विधालयका साथीहरुसगँको संगतले सुरुमा फुयालले गाजा तान्न सिके । बिस्तारै-विस्तारै लागुपदार्थको दुर्व्यसनको दलदलमा भासिदै गए । 

यो गलत हो भन्ने चै लाग्थ्यो तर म यसरी यस्को नशामा डुबेछु कि निस्कनको लागी निक्कै समस्या बन्यो,´ ३९ बर्षिय फुयालले भने, १३ बर्षसम्म यही दलदलमा भासिए पछी झण्डै २ बर्षदेखी पुर्ण रुपमा मुक्त भएको छु ।´

अहिले फुयाल काठमाण्डौको एक विद्यालयमा अध्यापन गराउँछन । काठमाण्डौलाई कर्मभुमी बनाए तापनी लागुपदार्थ दुर्व्यसनको चाहेर वा नचाहेर नशामा डुबेका किशोरहरुलाई  पुनःस्थापन गराउनुपर्छ भन्ने उदेश्यले फुयालले अहिले महोत्तरीमा अभियान सुरू गर्न खाेजेका छन् ।्र

१३ बर्षसम्म मैले मात्र पिडा भोगेको छैन त्यो भन्दा ठुलो पिडा मेरो परिवारले भोगेको छ,´ फुयाँलले पुराना दिन सम्झदै भने, नशा पनि एक प्रकारको रोग हो, अझ भनौ यो मेन्टल डिजेज हो, त्यसैले यसकाे उपचार हुन्छ भन्ने भावना जगाउँनु छ ।´

नशावाट मुक्त भइसके पछी पनि सामाजिक र पारिवारिक बिभेदका कारणले कतिपय पुरानो अवस्थामा नै फर्किएको फुयाँलको भनाई छ । यसका लागी सबै जनाको सहयोग जरुरी हुने उनकाे बुझाई छ ।

मनदेखी छाडने प्रतिज्ञा गर्ने हो भने कुलतवाट मुक्त बन्न सकिन्छ,´ फुयालले आफ्नो अनुभव सम्झदै भने, परिवारलाई दिएको दु:ख सम्झदा अहिलेपनी आत्मग्लानी हुन्छ ।´

फुयालको जस्तै १० बर्षसम्म यहि कुलतको नशामा रन्जित बस्नेत पनि डुबेका थिए । बस्नेतले आफुसगैँ लागुपदार्थ प्रयोग गर्ने ९ जना साथीभाइलाईसमेत गुमाए । कतिपय दुर्घटनामा परे भने कतिपय अहिले पनि अंगभंगकाे अवस्थामा छन् ।

लागुपदार्थ प्रयोग गर्न कै लागी बस्नेतले साथीहरुसगैँ मिलेर कयौपटक चोर्ने, घर परिवारलाई दु:ख दिने गरेको अहिले पनि झलझल्ती सम्झि रहन्छन् ।

वास्तबमा नशामा डुवेपछी मैले भरोसा मात्र गुमाइन सामाजिक तिरस्कार पनि भोगे,´ बस्नेतले भने, मलाई के लाग्छ भने स्थानिय सरकारले लागुपदार्थ न्युनिकरणको लागी हामीलाई जिम्मेवारी देओस ।´

एउटा ब्यक्ती नशामा कसरी डुब्छ अनि  लामो समयसम्म कसरी भासिन्छ भन्ने बस्नेतलाई राम्रोसगँ थाहा छ । त्यसैले दुर्व्यसनमुक्त समाज निर्माणको लागी सरोकारवालाहरुले आफुहरु जस्तो पुर्व प्रयोगकर्तालाई अभियन्ता बनाउनुपर्ने बताउदै लागुपदार्थको मेन्टल डिजेजको उपचार र  न्यूनीकरण गर्न धेरै काम गर्न सकिने उनी बताउँछन् ।

लागुपदार्थ दुर्व्यसनको जालो खुल्ला सिमा नाकाकै कारण समस्या बनेको बस्नेतको बुझाइ छ । `किशोरकिशोरीहरुलाई मात्र सुरक्षाकर्मीहरुले पारी किन जादैछन भन्ने बिषयमा चासो दिएर कडाइ गर्ने हो भने लागुपदार्थको समस्या आधा हुन्छ,´ बस्नेत भन्छन् ।

सवैभन्दा ठुलो त म सुध्रिन्छु भन्ने प्रतिज्ञा चाहिने फुयाल र बस्नेतको अनुभव छ । उनिहरु त मधेशका प्रतिनिधि उदाहरण मात्र हुन । उनिहरु जस्ता हजारौजना कोही पुन:स्थापित भएका छन भने कतिपय सामाजिक र पारिवारिक  तिरस्कारका कारण पुरानो अवस्थामा फर्किएका कयौ उदाहरणहरु छन ।

दुर्ब्यसनको दलदलमा फसेर पुनःस्थापित भएका बस्नेत र फुयालजस्ता युवाहरुको  खोजी गरि मनोपरामर्शदाताको रुपमा तयार गर्ने हो भने पनि लागुपदार्थ न्यूनीकरण हुन सक्ने बिज्ञहरु बताउँछन् ।

किन भने दुर्व्यसनमा फसेकाहरुलाई उनीहरुले नै पहिचान गर्न सक्छन,´ मधेश प्रदेशका पुर्व गृहमन्त्री भरत साहले भने, अभियानकर्मीको रुपमा निगरानी गरेर पुन:स्थापित भएकाहरुलाई नै परिचालन गर्नुपर्छ ।

´

तर मधेशमा बस्नेत र फुयालजस्ता दुर्व्यसनवाट मुक्त भएका हजारौ युवाहरुलाई सामाजिक पुनःस्थापना कसरी गराउन सकिन्छ भन्ने सरोकारवालाहरुको ध्यान पुग्न सकेको छैन । त्यसैका कारण पनि मधेशमा दुर्व्यसन भयावह अवस्थामा फैलदै गएको विभिन्न तथ्यहरुले पुष्टि गरेका छन् ।

यस्ता बिषयहरुलाई ध्यान दिन नसक्दा मधेश प्रदेश लागुपदार्थ कै कारण अपराधमय बन्दै गएको प्रहरी कै तथ्यांकले पुष्टि गरेको छ । प्रहरीका अनुसार ८० प्रतिशत भन्दा बढी अपराध लागुपदार्थसगँ जोडिएका छन् । हत्या, हिंसा, अपहरण, जवर्जस्त करणी जस्ता घटनाहरु लागुऔषध कै कारण घटेता पनी पछि मुद्दाको रुपमा अन्य शिर्षकमा परिणत हुने गरेको पाईएको छ ।

गत आर्थिक बर्ष २०७९ को लागुऔषध सम्बन्धी तथ्यांक हेर्ने हो भने पनि निक्कै भयावह छ । प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार मधेशमा लागुऔषध कै कारण १३ सय ४ जना मानिस पक्राउ परेका छन । सोही अवधीमा ५६ सय ८३ किलो गाँजा, ४९ ग्राम ब्राउन सुगर, २५० किलो चरेस, ७१२ ग्राम हिरोइन, ६६ हजार ८ सय ६५ पिस ट्यावलेट, ८ हजार २ सय २८ बोत्तल, ६२ हजार ९ सय ६ पिस इन्जेक्सन बरामद भएको थियो ।

यी तथ्यांकहरुले पनि मधेश लागुऔषध कै कारण कसरी आक्रान्त बन्दै छ भन्ने प्रष्ट बनाउछ । मधेशका ८ वटा जिल्ला मध्य महोत्तरी थप यसकै कारण भयावह बन्दै गएको बिभिन्न  तथ्यांकहरुले पुष्टि गर्दै आएका छन ।

प्रहरी उपरिक्षक तथा महोत्तरीका प्रमुख  प्रकाश मल्लका अनुसार आर्थिक बर्ष २०७७/७८ देखि २०८० सम्म १९८ वटा लागुपदार्थसगँ जोडिएका मुद्दाहरु जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन । यी मुद्दाहरुले मात्र जम्मा मुद्दाको २० प्रतिशत हुन । यसैसगँ समबन्धित यो अवधीमा २६४ जना भन्दा बढी पक्राउ परेका छन ।

यसको साथै प्रहरिले थुप्रै लागुपदार्थहरु बरामत गरेको छ । जसमध्ये ५ हजार ४ सय ५४ ट्यावलेट, १३ सय ८० बोत्तल र १०१ इन्जेक्सन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीको तथ्यांक छ।

महोत्तरी पछि लागुऔषध कारोवार तथा प्रयोगकर्ताका हिसावले पर्सा जिल्ला दोश्रो बनेको छ । आर्थिक बर्ष २०८० को यो मंसिरसम्म आईपुग्दा पर्सामा ९६ जना पक्राउ परेका मध्ये ६८ जनालाई त मुद्दा  नै चलाईएको छ । यो अवधीमा १९६ किलो गाँजा, ४७ किलो चरेस, १५ किलो हिरोईन, ३६ सय ११ वटा ट्याव्लेट, ५ हजार ४ सय ४० बोत्तल र १३ सय ९४ इन्जेक्सन बरामद गरेको मधेश प्रदेश प्रहरीले जनाएको छ ।

त्यस्तै लागुऔषध बरामद गरेको र सम्बन्धित मुद्दाका आधारमा महोत्तरी र पर्सा पछि सर्लाही, धनुषा, सिरहा, बारा, सप्तरी र रौतहट देखिएका छन ।खुल्ला सिमाना र सुरक्षाकर्मीहरुको कडा निगरानीका कारणले लागुऔषधकै कारण मधेश अपराधमय बनेको आरोप लागीरहेको वेला प्रहरीहरु नवपर्वतन अभियानमा लागेका छन । नवपर्वतन अभियान अन्तर्गत मधेशमा लागुऔषध समबन्धी क्याम्पियनमा जुटेका छन ।

यसरी जुटदै छ प्रहरी एण्टी ड्रग क्याम्पियनमा

मधेशमा लागुपदार्थ भयावह बन्दै गएपछी प्रहरी नै विभिन्न अभियानमा जुटेको छ । जसअनुसार मधेश प्रदेश प्रहरीले  गत आईतवार एक कार्यक्रमका विच लागुपदार्थ रोकथामको लागी मुख्यमन्त्री सरोज यादवको उपस्थितिमा मधेशमा उक्त अभियानको औपचारिक सुभारम्भ गरेको छ ।

साउनको पहिलो हप्तावाट महोत्तरीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक प्रकाश मल्लले सुरुवात गरेको अभियान निक्कै नतिजामुखी बने पछी मधेश प्रदेश प्रहरीले ८ वटै जिल्लामा उक्त क्याम्पियनको शुभारम्भ गरेको हो । अभियानका क्रममा लागुपदार्थ ओसारपसार देखि प्रयोगकर्तालाई पहिचान गर्ने र मनोपरामर्शकोरुपमा क्याम्पियनहरु समेत संचालन गर्ने मधेश प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी प्रमुख जनक भट्टराईका अनुसार सिमा नाकामा कडाई गर्नेदेखी लिएर प्रत्येक जिल्लाका नाकामा अत्याधुनिक परिक्षण मेसिन समेत प्रदेश सरकारसँग माग गर्ने वताएका छन ।

न्युजकारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्