भिजिट भिसामा विदेश पठाएको आरोपमा कन्सल्टेन्सीका सञ्चालक र कर्मचारी पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर २९ । भिजिट भिसाका नाममा रकम असुली गरेर नेपालीलाई विदेश पठाएको आरोपमा ट्राभल्स एजेन्जीका सञ्चालक र कर्मचारीलाई प्रहरीले पक्राउ गरेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले निमा छिरिङ ट्राभल्सका सञ्चालक मनोज तामाङ र कर्मचरारी पदम लामालाई पक्राउ गरेको हो । एसपी मिलन केसीका अनुसार, उनीहरुले अध्यागमन अधिकृतसँग सेटिङ मिलाएर भिजिट भिसामा युवालाई विदेश पठाउने गरेको खुलेको छ ।

प्रहरीले अध्यागमनका कर्मचारीलाई पनि अनुसन्धानको दायरामा ल्याएको छ । प्रहरीले २७ मंसिरमा अध्यागमनका अधिकृत नरवीर खड्कालाई पक्राउ गरेको थियो ।

उनीहरुमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्