एनएसएलमा एफसी झापाको पहिलो जित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, मंसिर २६ । नेपाल सुपर लिग ९एनएसएल० मा एफसी झापाले पहिलो जित हात पारेको छ ।

आज त्रिपुरेश्वरको स्थित दशरथ रङ्गशालामा भएको खेलमा झापाले एफसी बुटवल लुम्बिनीलाई १–० गोलले पराजित गरेको हो । झापाले खेलको पहिलो हाफमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै झापा पाँच खेलमा छ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । झापाले यसअघिका चार खेलमा एकमा हार र तीनमा बराबरी खेलेको थियो ।

पराजित बुटवल लुम्बिनी छ खेलमा सात अङ्कसहित तालिकाको पाँचौँ स्थानमा यथावत् छ । उसले यसअघि दुई जित, दुई हार र एक बराबरी खेलेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्