एमाले को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ कोशी प्रदेश प्रवेश

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर २६ । नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ कोशी प्रदेश प्रवेश गरेको छ ।

मङ्सिर १४ गते बैतडीको झुलाघाट सुरु १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान मंगलबार कोशी प्रदेश प्रवेश गरेको हो । कोशी प्रदेश प्रवेश गरेसंगै ओखलढुङ्गा मानेभञ्ज्याङ्ग गाउँपालिकाको हर्कपुरमा आयोजना गरिएको सभालाई अध्यक्ष केपी ओलीले सम्बोधन गर्नुभएको छ ।

सो क्रममा अध्यक्ष ओलीले एमालेको नेतृत्वका एकल सरकार बनाउनका लागि बहुमत आवश्यक रहको बताउनुभयो । एमालेको एकल बहुमत विना बिकास र सुशासन ल्याउन नसकिने उहाले बतानुभयो । ओलीले एकतावद्ध भएर राष्ट्र निर्माणमा लाग्न आग्रह गर्नुभयो ।

पार्टीको अभियान हर्कपुरपछि भोजपुर, वसन्तपुर हुँदै पूर्वी जिल्लामा केन्द्रित हुने एमालेले जनाएको छ । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्