कोशीका मुख्यमन्त्री कार्कीको गाडीमा झापामा ढुंगा प्रहार

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मसिर २५ । ंकोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि पहिचान पक्षधरले ढुंगामुढा प्रहार गरेका छन् ।

झापाको दमकमा पहिचान पक्षधरले कालो झण्डा देखाउँदै ढुंगामुढा गरेका हुन् । पहिचान पक्षधरले प्रहार गरेको ढुंगाले मुख्यमन्त्री सवार प्रदेश १-०४-००१ झ ०००३ नम्बरको गाडीको सीसा फुटेको छ ।

झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित लागुऔषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा पहिचान पक्षधरले कालो झण्डा देखाउँदै ढुंगा प्रहार गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्