एनसेल कार्यालय अगाडि एक समूहको विरोध प्रदर्शन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर २३ । स्वतन्त्र युवाहरुको एक समूहले एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ । र

एनसेलको शेयर खरिदबिक्रीमा चलखेल भएको भन्दै उनीहरुले लैनचौरस्थित एनसेल कार्यालयमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले छानविनको नाममा नाटकमञ्चन बन्द गर, राज्यको कर छल्न पाईदैन, भ्रष्टाचारीलाई चोख्याउने छानविन समिति मान्दैनौ लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

त्यस्तै उनीहरुले एनसेल प्रकरणमा ठूला दलका नेताहरुको संलग्नता रहेको समेत आरोप लगाएका थिए । एनसेलको ८० प्रतिशत शेयर नेपाल बाहिरै बिक्री भएपछि सो बिषयमा सरकारले अनुसन्धान गर्न समिति समेत बनाएको छ । संसदीय समितिले एनसेल सेयर खरिद बिक्रि रोक्न निर्देशन दिइसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्