विपिन जोशीका बुबाआमासगं प्रधानमन्त्री प्रचण्डको भेट

खबर बुक
  • ख-
  • ख+

 कैलाली, २२ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीका बुबाआमासँग भेटेका छन् ।

शुक्रबार बिहान कैलाली विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले विपिनका बुबाआमासहित परिवारका सदस्यलाई भेटेका हुन् । सो क्रममा विपिनका बुबाआमाले छोराको उद्धार गरिदिन आग्रह गरेका छन् । 

शुक्रबार आजदेखि सुन हुन लागेको सुदूरपश्चिम महोत्सव २०८० उद्घाटन गर्न प्रधानमन्त्री कैलाली पुगेका हुन् । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्