न्यूक्यासलमाथि एभर्टन ३-० ले विजयी

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २२ मङ्सिर । इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले न्यूक्यासल युनाइटेडलाई पराजित गरेको छ । 

गएराती सम्पन्न खेलमा एभर्टनले न्यूक्यासललाई ३-० गोल अन्तरले पराजित गरेको हो । 

एभर्टनको जितमा डविट म्याकनेल, अबडोउलाए डोउकोरे र बेटोले एक एक गोल गरेका थिए । 

यो जितपछि एभर्टनको १५ खेलमा १० अंक भएको छ र लिगमा १७औं स्थानमा छ । एभर्टनलाई इपिएलले कारवाही स्वरूप १० अंक घटाएपछि यस सिजनमा पछि परेको छ । 

त्यसैगरी न्यूक्यासलको भने यस सिजनमा यो पाँचौं हार हो । यो हारपछि न्यूक्यासलको १५ खेलमा २६ अंक रहेको छ भने लिगमा सातौं स्थानमा रहेको छ । 

न्युज कारखाना
               

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्