वर्तमान गठबन्धन सरकार लज्जाबोध नभएको सरकार हाेः केपी ओली

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ मंसिर ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार लज्जाबोध नभएको सरकार भएको बताउनुभएको छ ।

मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा अन्तर्गत बिहीबार बागलुङ सदरमुकाम बागलुङ बजारमा आयोजित सन्देश सभामा बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले देशलाई बन्धक बनाएको र राष्ट्रघाती काम गरेको आरोप समेत लगाउनुभयो । उहाले सरकारले राष्ट्रघाती काम गरेर विकास रोक्नुको साथै देशेको स्वाधीनता कमजोर बनाएको बताउनुभयो ।

अहिलेको सरकार देशको भूमिको बारेमा समेत बोल्न नसक्ने उहाँले टिप्पणी गर्नुभयो । अहिले राष्ट्रियताको रक्षा गर्न, राष्ट्रलाई आत्मनिर्भर अर्थतन्त्रका साथ अघि बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

उहाले मुलुकको बिकासका लागि एमालेले काम गर्ने भन्दै नेपालमा सुरुङ मार्गको अवधारणा नै नेकपा एमालेले ल्याएको जिकिर गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्