काठमाडौं , १९ मंसिर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गर्नुभएकाे छ ।
महाकाली–मेची अभियानको क्रममा मंगलबार बिहान भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गरेपछि अवलोकनपछि उहाले कामको गुणस्तरमा सम्झौता गर्न नहुने बताउनुभयाे ।
उहाले काममा केही ढिलो भएको भन्दै यथाशीघ्र काम सम्पन्न गर्नुपर्ने बताउनुभयाे । तर काम जारी रहेको भन्दै ढिलोचाँडो सम्पन्न हुनेमा आफू विश्वस्त रहेको उहाकाे भनाइ छ ।
आयोजनाका अधिकारीहरुका अनुसार भेरी बबई डाइभर्सनको काम हालसम्म ३५ प्रतिशत सम्पन्न भएको छ ।










