नयाँ दिल्ली, २२ असोज । भारत महाराष्ट्रको नासिकमा एउटा बसमा आगलागी हुँदा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।
नासिक–औरंगाबाद राजमार्गमा डिजेल ढुवानी गर्ने ट्रेलर ट्रकलाई ठक्कर दिएपछि बसमा आगो लागेको थियो ।
‘मृत्यु हुनेमा अधिकांश बसका यात्रुहरू थिए, घाइतेहरूलाई उपचारको लागि अस्पताल लगिएको छ’, नासिकका प्रहरी उपायुक्त अमोल ताम्बेले भन्न्ुभयाे । उहाले आगलागीको वास्तविक कारण पत्ता लगाउन मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको बताउनुभयाे ।