
असोज २१, काठमाण्डौ । आश्विन शुक्ल पक्षको द्वादशी, बडादशैँको टीका लगाउने क्रम आज पनि जारी छ ।
नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ । घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन् ।
यो क्रम पूर्णिमासम्म रहन्छ । आश्विन शुक्ल पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ। यातायातका साधन कम चलेका कारण सर्वसाधारण मारमा परेका छन् ।
यसैगरी वर्षाका कारण पनि टीका लगाउन जान समस्या भएको छ ।