नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा नलड्ने घोषणा गर्नुभएको छ ।
उहाँले आज सामाजिक संजाल फेसबुकमार्फत यस्तो घोषणा गर्नुभएको हो ।
उहाँले गोरखाली मतदातालाई धन्यवाद दिंदै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार नबन्ने बताउनुभएको छ ।
यसअघि अध्यक्ष भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने निर्णय समेत गर्नुभएको थियो ।












