काठमाडौं, १७ असोज । नुवाकोटको शिवपुरीमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ ।
शिवपुरी गाउँपालिका वडा नम्बर ६ फेदीगाउँका ६५ वर्षका इन्द्रबहादुर पाठकको आफ्नै घर पोत्ने क्रममा करेण्ट लागेर मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।
करेन्ट लागेर घाइते हुनुभएका पाठकको काठमाडाँै स्थित विपी स्मृति अस्पतालमा मृत्यु भएको प्रहरी सहायक निरीक्षक हेमराज पौडेलले जानकारी दिनुभयो ।
सर्वसाधारणलाई अनावश्यक विद्युतीय कार्य नगर्न र विद्युतीय उपकरण अनावश्यक रुपमा नचलाउन प्रहरीले अनुरोध गरेको छ ।