प्रधानमन्त्री प्रचण्डद्वारा अमेरिका र चीन भ्रमणबारे पार्टीको पदाधिकारी बैठकमा जानकारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ असोज । प्रधानमन्त्री एंव माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले अमेरिका र चीन भ्रमणबारे पार्टीको पदाधिकारी बैठकलाई जानकारी गराउनु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको माओवादी पदाधिकारी बैंठकमा प्रधानमन्त्रीको हैसियतमा भएको अमेरिका र चीन भ्रमणका उपलब्धिबारे बैंठकमा जानकारी गराउनु भएको हो ।

उहाँले अमेरिका र चीन भ्रमण सफल भएको नेताहरुलाई ब्रिफिङ गर्नु भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड भदौ अन्तिम साता अमेरिकाको महासभामा भाग लिन न्युर्योक हुँदै चीन भ्रमण गरेर असोज १३ गते स्वदेश फर्कनु भएको थियो । उहाले दुई देशको भ्रमण र नेपाललाई अन्तर्राष्ट्रिय समुदायले हेर्ने दृष्टिकोणबारे नेताहरूलाई जानकारी गराउनु भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो दुबै देशको भ्रमण उपलब्धिमुलक भएको र कुटनीतिक सम्बन्धमा नयाँ आयाम थपिएको धारणा राख्नु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्