एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा विजयी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ असोज ।   नेकपा (एमाले) कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा विजयी हुनुभएको छ ।

प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतले पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । अन्य पदाधिकारीमा पनि खतिवडा समुहकै निर्वाचित भएका छन् ।

राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार खतिवडाले ५ सय १२ मत पाउँदा उहाँका प्रतिस्पर्धी विनोद ढकालले ४ सय ३० मत ल्याउनुभयो भने ३५ मत बदर भएको छ ।

खतिवडा मोरङ १ बाट निर्वाचित पूर्व सांसद्समेत हुनुहुन्छ । सचिवमा पाँचथरका राजकुमार भण्डारी तथा उपसचिवमा खोटाङका देवान राई र झापाकी जलवर्षा राजवशी विजयी हुनुभएको छ ।

उपाध्यक्षमा धनकुटाका टीकराम चेम्जोङ निर्विरोध निर्वाचित हुनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्