संसदको अवरोध हटाउन राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएकाे छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट निरन्तर संसदमा अवरोध रहिरहेपछि राष्ट्रपतिले यसबारेमा छलफलका लागि मंगलबार बिहान साढे ८ बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएकाे हाे ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले आउदो मंगलबार बिहान साढे ८ बजेका लागि शीतल निवासमा सर्वदलीय बैठक आह्वान भएको बताउनुभयाे । उहाका अनुसार बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ ।

सुन तस्करी प्रकरणमा नेकपा एमालेले उच्चस्तरीय न्यायिक छलफल गठनको माग राख्दै गत साउन १० देखि संसद् बैठक अवरुद्ध पार्दै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्