एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आजदेखि काठमाडौंमा सुरु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३ भदौ ।  नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक आइतबारदेखि काठमाडौंमा सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्नेलगायत विभिन्न विषयमा छलफल भएको थियो ।

बैठकको पहिलो दिन २६ जना पोलिटब्यूरो सदस्यहरुले धारणा राखेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । बैठकको सुरुमै पार्टी अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गर्दै गम्भीर चूनौतिको सामना गर्न तयार भएर नयाँ पार्टी बनाएको र कम्युनिष्ट धारको उत्तम बिकल्प भएको बताउनुभएको थियो ।

भ्रष्टचार नियन्त्रणका लािग सरकारको कामलाई निरन्तरता दिएर सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्नेमा अध्यक्ष नेपालको जोड रहेको उपमहासचिव खतिवडाले बताउनुभयो ।

त्यस्तै अध्यक्ष नेपालले निर्दोष कोही नफस्ने र दोषी कोहि पनि नछुटोस भन्ने भावनाले काम गर्न आह्वान गर्नुभएको खतिवडाले जानकारी दिनुभयो ।

पोलिटब्यूरो बैठक सोमबार समापन हुने उहाले बताउनुभयो । भाद्र ५ गतेदेखि ७ गतेसम्म बस्ने पार्टीको केन्द्रीय कमिटी बस्ने समाजवादीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्