चार दल आबद्ध समाजवादी मोर्चाको बैठक आइतबार बस्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ २ । चार दल आबद्ध समाजवादी मोर्चाको बैठक आइतबार बस्ने भएको छ ।

लामो समयपछि मोर्चाको बैठक नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा साँझ ६ बजे बस्ने नेकपा समाजवादीका प्रवक्त जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । शनिबार पार्टी कार्यालय तीनकुनेमा बसेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा समाजवादी मोर्चाका बारेमा छलफल समेत भएको खतिवडाले जानकारी दिनुभयो । बैठकमा आइतबारबाट सुरु हुने पार्टीको पोलिट्व्युरो बैठकको एजेण्डाका बारेमा छलफल गरेको उहाले बताउनुभयो ।

भाद्र ५ गतेदेखि ७ गतेसम्म बस्ने पार्टीको केन्द्रीय कमिटीको तयारीका बारेमा केन्द्रीत रहेर पोलिट्व्युरो बैठकमा छलफल हुने उहाको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्