नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमाममा उडान गर्दै

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौ, भदौ २ । नेपाल वायुसेवा निगमले साउदी अरेबियाको दमाममा उडानका लागि टिकट बुकिङ खुल्ला गरेको छ ।

आफ्नो १३ औँ अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा दमाममा नियमित उडान गर्न लागेको निगमले आजदेखि नै टिकट बुकिङ खुल्ला गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।

निगमले काठमाण्डौ–दमाम–काठमाण्डौ रुटमा आउँदो २० गतेदेखि सिधा उडान शुरु गर्दै छ । शुरुमा बुधवार र शनिवार गरी हप्ताको दुई दिन सिधा उडान गर्ने र आवश्यकता अनुसार पछि थप गर्दै जाने निगमको सूचनामा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्