संसदको अवरोध नियमसंगत छैन : सुवास नेम्वाङ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ २ । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदको अवरोध नियमसंगत नरहेको बताउनुभएको छ ।

संघीय संसद सचिवालयले शनिबार काभ्रेको धुलिखेलमा आयोजना गरेको ‘संसद् र सञ्चार सम्बन्ध’ विषय अन्तक्र्रियामा बोल्दै नेम्वाङले संविधानले अवरोध गर्ने कुरालाई अनुमति नदिएको र नियमले पनि अवरोधको कल्पना नगरेकाे भन्दै संसदको अवरोध नियमसंगत नरहेको बताउनुभएको हो ।

नियमसंगत नहुदा राजनीतिकरुपमा गरिने अवरोधको औचित्य पुष्टि गर्ने जिम्मेवारी सम्बन्धीत दलको भएको उहाले बताउनुभयो । नेम्वाङले बहुमत नभएको दलले सरकारले आफ्नो कुरा नसुनेपछि राजनीतिक रूपमा संसद् अवरोध गर्ने गरेको धारणा राख्नुभयो ।

उहाले जनताले जनताका लागि बनाएको संविधानको सफल कार्यान्वयनका लागि सवै दलहरु पनि गम्भीर हुनुपर्ने बताउनुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्