उच्च तहका सबै नेताको सम्पत्ति छानबिन हुन्छ : कानून मन्त्री

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ भदाै ।  कानून, न्याय तथा संसदिय मामिलामन्त्री धनराज गुुरुङले उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्ने बताउनुभएको छ ।

शुक्रबार नेपाल निजामति कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा कानूनमन्त्री गुरुङले सरकारले शिर्ष नेताहरुको सम्पती छानबिन गर्ने बताउनुभएको हो । उहाँले सरकारको नीति तथा कार्यक्रममा उच्च तहका नेताहरु सबैको सम्पती छानबिन गर्नुपर्ने कुरा उल्लेख रहेको भन्दै त्यसको कार्यान्वयन हुने बताउनुभयो ।

मन्त्री गुरुङले सरकार मुलुकलार्ई सुशासन स्थापित गरेर अघि बढाउन प्रतिवद्ध रहेको बताउनुभयो । बजारमा नक्कली भूटानी शरणार्र्थी प्रकरण, ललिता निवास प्रकरणसँगै अहिले सुन काण्ड आएको भन्दै सरकारले भ्रष्टाचारमा संलग्न जो कोहीलाई कारबाही गर्ने बताउनुभयो । उहाँले भ्रष्टाचारको लिङ्ग, जात, धर्म हुँदैन भन्ने मान्यताका साथ सरकार अगाडी बढ्ने बताउनुभयो ।

मन्त्री गुरुङले सुन तस्करीलाई सामान्य हेलचेक्र्याँइका रुपमा हेर्न नहुने बताउनुभयो । सामान्य हेलचेक्र्याईले सुन तस्करी भएको हो भन्ने प्रतिवेदन बाहिर ल्याइएको भन्दै सुन तस्करी सामान्य व्यक्तिबाट हुनैनसक्ने जिकिर गर्नुभयो ।

कानूनमन्त्री गुरुङले सरकारले कानूनको चाङ लगाएर मात्रै केही नहुने भन्दै सबै दोषी कानूनको कठघरामा उभिने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्