माओवादीले थप्यो दुईजना केन्द्रीय सदस्य

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ भदाै। नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा दुईजनालाई मनोनीत गरेको छ ।

माओवादीले ओखलढुंगाका बाबुुराम गौतम र सप्तरीका अशोक मण्डललाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको हो ।

गत साउन १७–२१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले महिलाको प्रतिनिधित्व पुर्‍याउन २२ जना थप गरेको थियो ।

दुईजना थप गरिएसँगै माओवादीको केन्द्रीय समिति ४०९ सदस्यीय बनेको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्