काेशीका मुख्यमन्त्री थापाले साेमवार विश्वासकाे मत लिने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ भदाै।  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आउँदाे साेमवार विश्वासको मत लिनु हुने भएको छ ।

थापाले विश्वासको मत लिनका लागि आज शुक्रवार प्रदेशसभा सचिवलाई सूचना दिनुभएको हो ।

उपसभामुख सिर्जना दनुवारले विश्वासको मतको प्रस्ताव प्रदेशसभामा सोमवार दिउँसो १ बजे छलफलका लागि समय तोकेको कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले जानकारी दिनुभयो । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री थापाले आउँदो १३ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने छ ।

९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपाका एक गरी ४७ सांसद छन् । उपसभामुखसहित एमालेका ४० र राप्रपाका छ गरी ४६ सांसद प्रतिपक्षमा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्