राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३१ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग एमाले अध्यक्ष केपी ओलीले भेटवार्ता गर्नुभएकाे छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आज भएको भेटमा समसामयिक राजनीति र संसद्का गतिरोधका बारे छलफल भएको  राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयाे ।

उहाका अनुसार भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसदप्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद् गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराउनुभये ।

राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूलाई विश्वासमा वातावरण सृजना गरेर अघि बढ्न सुझाव पनि दिनुभएकाे बताइएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्