संसदको अवरोध हटाउन एमालेसँग छलफल गर्ने सत्तारुढ दलहरुको निर्णय

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, ३१ साउन ।  सत्तारुढ दलहरुले संसदको अवरोध खुलाउन संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको सत्तारुढ दलहरुका शिर्ष नेताहरूको बैठकले प्रमुख प्रतिपक्षी दल एमालेलगायतका दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्