उपराष्ट्रपति यादव चीन प्रस्थान

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ साउन । उपराष्ट्रपति रामसहाय प्रसाद यादव चीन प्रस्थान गरेका छन् ।

सातौं चीन–दक्षिण एसिया प्रदर्शनी तथा २७औं चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन उपराष्ट्रपति यादव सोमबार अपरान्ह चीनको कुन्मिङ प्रथान गरेका हुन् ।

उनको बिदाइका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरेलगायतका मन्त्रीहरु विमानस्थल पुगेका थिए ।

यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने मेलाको उद्घाटन समारोहलाई उपराष्ट्रपति यादवले सम्बोधन गर्ने कार्यक्रम छ ।

चीन भ्रमण सकेर उपराष्ट्रपति यादव भदौ ४ गते स्वदेश फर्किने कार्यक्रम छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्