जनमत पार्टी दोस्रो पटक सरकारमा सहभागी हुदैँ, अनिता देवीले आज सपथ लिने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ साउन । सिके राउत नेतृत्वको जनमत पार्टी पुनः सरकारमा सहभागी हुने भएको छ । जसअनुसार जनमत पार्टीबाट मन्त्री सिफारिस भएकी अनितादेवी साहले आज पद तथा गोपनियताको शपथ लिने भएकी छिन् ।

शितल निवासस्थित राष्ट्रपति कार्यालयमा बिहान १०ः०० बजे उनले पद तथा गोपनियताको सपथ लिने जनाईएको छ ।  सरकारको नेतृत्व गरिरहेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई  फिर्ता बोलाएसँगै जनमत पार्टीकी साह मन्त्री नियुक्त हुन लागेकी हुन ।

हिजो बसेको माओवादीको पदाधिकारी बैठकले सामान्य प्रशासन मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरे पछि नबनियुक्त मन्त्री साहलाई प्रधानमन्त्री दाहालले सोही मन्त्रालयको जिम्मेवारी दिनेछन कि अर्को ? भन्ने अझै निर्क्याैल भने हुन सकेको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्