काठमाडौं, २१ साउन । सरकारले अति विशिष्ट व्यक्ति (भीभीआइपी) र विशिष्ट व्यक्ति (भीआइपी)को स्वास्थ्य उपचार समिति गठन गरेको छ ।
आज बसेकाे चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानकाे बैठकले उपकुलपति प्रा. डा. भूपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन गरेको हो ।
समितिमा प्रा. डा. भगवान कोइराला, डा सन्दुक रुइत, डा. भोला रिजाल, प्रा. डा. शैली प्रधान, प्रा. डा. रविमान श्रेष्ठ, प्रा डा किरणप्रसाद श्रेष्ठ, प्रा डा रत्नमणि गजुरेल, प्रा. डा. सुवास आचार्य, प्रा. डा. शशि शर्मा, प्रा. डा. रमेश चाखनी, सह प्रा. डा. ध्रुव गैरे, डा. पुकारचन्द्र श्रेष्ठ, डा. महेश अधिकारी र डा. अनन्त अधिकार सदस्य रहेका छन् ।









