तस्करतन्त्रलाइ संरक्षण गर्दा राजश्व उठेनः एमाले महासचिव पोखरेल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तस्करी मौलाउँदै गएपछि राजश्व कम उठेको बताएका छन् ।

सुन तस्करी प्रकरणको चर्चा परिचर्चा भइरहेको बेला एमाले महासचिव पोखरेलले सो आरोप लगाएका हुन ।

‘यतिवेला अस्वभाविक रुपमा राजश्व कम उठ्नुको कारण सरकारले वैधानिक अर्थतन्त्रलाई कमजोर बनाउँदै नियोजित रुपमा तस्करतन्त्र र दलाल नोकरशाही पूँजीवादलाई संरक्षण गर्नुको परिणाम हो, सरकारको गलत आर्थिक नीति र राजश्व प्रशासनमा गरिएको दुरुपयोगका कारणले राजश्वमा कमी आउँदा पूँजीगत खर्च कम हुन गै समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्न गएको छ र मुलुक आर्थिक मन्दीको चपेटामा प्रवेश गरेको छ,’ उनले भने, ‘तर, सरकार अर्थतन्त्रलाई कमजोर बनाउने कुकर्मलाई सुधार्ने पक्षमा अझै गम्भीर देखिएको छैन । यसप्रति सबै सरोकार पक्षको ध्यान जानु पर्दछ ।’

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्