स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलमा मन्त्रालयको वेबसाइट अनधिकृतरूपमा दुरूपयोग गरी कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणीकरण गरेको गुनासो प्राप्त भएको छ।
अनधिकृतरूपमा वेबसाइट दुरूपयोग र मन्त्रालयसँग मिल्दोजुल्दो वेबसाइट बनाई खोप लगाएको कार्डको प्रमाणीकरण गरी क्युआर कोड बनाएको गुनासो आएको भन्दै त्यस्तालाई कारबाही गर्ने मन्त्रालयले जनाएको छ।
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलमा मन्त्रालयको वेबसाइट अनधिकृतरूपमा दुरूपयोग गरी कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणीकरण गरेको गुनासो प्राप्त भएको छ।
अनधिकृतरूपमा वेबसाइट दुरूपयोग र मन्त्रालयसँग मिल्दोजुल्दो वेबसाइट बनाई खोप लगाएको कार्डको प्रमाणीकरण गरी क्युआर कोड बनाएको गुनासो आएको भन्दै त्यस्तालाई कारबाही गर्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयको वेबसाइट दुरूपयोग गरी विदेश जाने मानिसलाई क्युआर कोड बनाई ठगी भइरहेको विभिन्न माध्यमबाट मन्त्रालयमा जानकारी आएको भन्दै सम्बन्धित पक्षलाई आवश्यक अनुसन्धान गर्न निर्देशन दिइएको उनको भनाइ छ।
उनले सरकारले नेपालमा यात्रा गर्न कोभिड–१९ पिसिआर परीक्षण र कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणसम्बन्धी अनिवार्य व्यवस्था हटाइसकेको जानकारी दिए। यस्तै विदेश यात्रा गर्नका लागि पनि कतिपय देशले क्युआर कोड हटाइसकेको उनले बताए।