राष्ट्रपति पौडेले गरे कृष्ण मन्दिरको दर्शन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १२ साउन । राष्ट्रपति रामचन्द्र पौडेलल पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन् ।

शुक्रबार बिहान ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरको दर्शन गरेका राष्ट्रपति पौडेलले पाटनमै रहेका सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन दरबार संग्रहालयको अवलोकन गरेका छन् ।

पाटन दरबार क्षेत्रमा पुग्दा राष्ट्रपति पौडेललाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वागत गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्