काेशी  प्रदेशमा आजबाट पुन हिक्मत कार्कीले पद सम्हादै

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, १२ साउन । काेशी  प्रदेशमा  प्सरर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै  हिक्मत कार्कीकाे पुर्नवाहाली भएकाे छ ।उनले अाजबाट कामचलाउ मुख्यमन्त्रीको रूपमा पुन: कार्यभार सम्हाल्दै छन् ।

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको थियाे ।सभामुख बाबुराम गौतमको समेत मतका आधारमा नेपाली कांग्रेसका थापा मुख्यमन्त्री नियुक्त हुनु असंवैधानिक भएको सर्वोच्चको ठहर गरेकाे छ।

बिहीवार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सरकार गठनको दाबी पेस गर्दा नै सभामुखले कसैलाई समर्थन गरेर हस्ताक्षर गर्न नहुने बताएको हो ।

सर्वोच्चले कोशीमा सात दिनको समय दिएर नयाँ सरकारको प्रक्रिया थाल्न पनि आदेश दिएको छ । सात दिनभित्र बहुमत पेस गर्न नसकेमा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा एमालेका हिक्मतकुमार कार्की नै मुख्यमन्त्री बन्नु हुनेछ ।

यसअघि माओवादीले साथ छाडेपछि एमालेका मुख्यमन्त्री कार्की नेतृत्वको सरकार ढलेको थियो । तर कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनमा बहुमत नपुगेपछि सभामुख बाबुराम गौतमको समेत हस्ताक्षरमा उद्धव थापा मुख्यमन्त्री बन्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्